क्यानेडियन लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, प्रतियोगिताकै पहिलो मेडन विकेट

क्यानेडियन लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, प्रतियोगिताकै पहिलो मेडन विकेट

क्यानेडियन लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, प्रतियोगिताकै पहिलो मेडन विकेट

सन्दीप लामिछानेले क्यानडामा जारी ग्लोबल क्यानेडियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्।

सोमबार राति भएको खेलमा भेनकोभर नाइट्ससँगको खेलमा उनको टिम १८ रनले पराजित भए पनि सन्दीपले प्रदर्शनमा भने सुधारेका छन्।

मोन्ट्रेलले लगातार तेस्रो हार बेहोरेको खेलमा सन्दिपले ४ ओभर बलिङ गर्दै १ मेडनसहित १ विकेट लिएर १९ रन खर्चिए। भेनकोभरले दिएको १६७ रनको लक्ष्य पछ्याएको मोन्ट्रेलले १९ ओभर ४ बलमा अलआउट हुँदै १४८ रनमा समेटियो। मोन्ट्रेलका लागि जर्ज वर्करले ४३ तथा मोसिस हेन्रिकले ४० रन बनाए पनि जित निकाल्न सकेनन् ।

ब्याटिङतर्फ नेपालका सन्दीपले ३ बलमा १ छक्कासहित ७ रन जोडेर अविजित रहे । सन्दीपले वेष्ट इन्डिजका बलर आन्द्रे रसेललाई एक छक्का प्रहार गरेका थिए । मोन्ट्रेललाई सस्तैमा रोक्न भेनकोभरका टिम साउथी र साद बिन जफरले समान ३ – ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। भेनकोभरका भान डार डुसानले अविजित ८३ रन जोड्दा बाबर हायातले २० रन जोडे ।

मोन्ट्रेलका लाथिस मालिंगाले ३ विकेट लिए । दोस्रो खेलमा सन्दीपले आफ्नो बलिङ फिगरमा सुधार गरेका हुन्। जारी प्रतियोगितामा मेडन ओभर बलिङ गर्ने पहिलो खेलाडीसमेत बनेका सन्दीपले डेब्यू खेलमा ४ ओभरमा ५७ रन खर्चदै मात्र १ विकेट लिएका थिए । ग्लोबल टी-२० क्रिकेट लिगमा सन्दीपको टोली पुछारमा रहेको छ।

३ खेल सकिँदा मोन्ट्रेलले जित निकाल्न सकेको छैन। लिगमा विनिपिग हव्कस शीर्ष स्थानमा छ ।

Source:setopati

Please follow and like us:

admin

leave a comment

Create Account



Log In Your Account