राहुल र कुलदिपको उत्कृष्ट प्रदर्शन, इंग्ल्यान्डमाथि भारतको सहज जित

राहुल र कुलदिपको उत्कृष्ट प्रदर्शन, इंग्ल्यान्डमाथि भारतको सहज जित

राहुल र कुलदिपको उत्कृष्ट प्रदर्शन, इंग्ल्यान्डमाथि भारतको सहज जित

लोकेश राहुल र कुलदिप यादवको उत्कृष्ट प्रदर्शनमा भारतले इंल्याण्डलाई ८ विकेटले हराएको छ। इंग्ल्यान्डविरुद्धको पहिलो टी- ट्वान्टी क्रिकेटमा सहज जित निकाल्ने क्रममा म्यानचेस्टरमा इंग्ल्यान्डले दिएको १६० रनको लक्ष्य भारतले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो।

भारतको जितमा लोकेश राहुलले नटआउट १०१ रनको योगदान दिए। यस्तै रोहित शर्माले ३२ रन जोड्दा कप्तान विराट कोहली २० रनमा अविजित रहे। इंग्ल्यान्डका डेभिड विलि र आदील राशिदले समान एक-एक विकेट लिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ रन जोडेको थियो। उसका लागि जोस बट्लरले ६९ रनको अर्धशतकीय पारी खेलेका थिए।

यस्तै जासन रोयले ३० तथा डेभिड विलिले अविजित २९ रन बनाएका थिए।

इंग्लिस ब्याट्समेनलाई रोक्न भारतका कुलदिप यादव एक्लैले ४ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए। यस्तै उमेश यादवले २ तथा हार्दिक पाण्ड्याले १ विकेट लिए।

यो जितसँगै भारतले ३ खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा १–० को अग्रता लिएको छ।

Source:setopati

Please follow and like us:

admin

leave a comment

Create Account



Log In Your Account