बलात्कार गरी मारिएकी छोरीको १४ महिनापछि दाहसंस्कार

बलात्कार गरी मारिएकी छोरीको १४ महिनापछि दाहसंस्कार

बलात्कार गरी मारिएकी छोरीको १४ महिनापछि दाहसंस्कार

स्वयम्भुस्थित डल्लु बस्तीमा बस्दै आएकी सन्तोषीले छोरीको बलात्कारपछि हत्या भएको १४ महिना पछि दाहसंस्कार गरेकी छन्।

बलात्कार गरेर मार्नेलाई कैद सजाय नभएसम्म दाहसंस्कार नगर्ने अडान लिएकी थिइन्। छोरीलाई बलात्कार पछि हत्या गर्ने विश्वाराम रनपैलीलाई जिल्ला अदालत काठमाडौंले झण्डै २ महिनाअघि सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

फैसला सुनाएको २ महिनासम्म पनि विभिन्न कारणले छोरीको दाहसंस्कार गर्न पाएकी थिइनन्। सुरूमा उनीसँग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा बुझाउने शुल्क थिएन।

यो पनि पढ्नुस:

छोरी दाहसंस्कार गर्न प्रतिज्ञा पूरा भयो, पैसाले रोक्यो

चौतर्फी पहल भएपछि अहिले शवगृहले शुल्क मिनाहा भएको उनलाई सुरूदेखि नै सहयोग गर्दै आएका जेशन वैद्यले सेतोपाटीलाई जानकारी दिए।

‘अदालतले विश्वरामलाई जन्मकैद सुनाएपछि दिदीले छोरीको आत्माले शान्ति पायो अब दाहसंस्कार गर्नुपर्छ भन्नुभएको थियो। विभिन्न कारणले दाहसंस्कार रोकिएको थियो,’ उनले भने,’यहाँ छोरीको शव राख्ने ठाउँमा पनि तिर्नु परेन।त्यसैले आज दाहसंस्कार गरियो।’

सन्तोषी स्वयम्भू क्षेत्रको एउटा गल्लीमा दुई छोरा र एक छोरीसहित बस्थिन्। चार वर्ष अघि श्रीमानले अर्कै ल्याएपछि ललितपुरको लेलेबाट उनी यहाँ आएकी थिइन्। नजिकैको हुजुरीमा काम गर्थिन्। पोहोर साल जेठ ५ गते छोरी स्कुल जान नमानेपछि एक्लै डेरामा छोडेर कान्छो छोरालाई स्कुल पुर्‍याएर काममा गएकी थिइन्। बेलुका स्कुलबाट घर आएको कान्छो छोराले उनलाई दिदि त झ्यालमा झुण्डिएकी छ भन्ने खबर लिएर आए।

उनकी छोरीको मृत्यु भैसकेको थियो। पोष्टमार्टमपछि मात्र छोरीलाई बलात्कार भएको उनले थाहा पाइन्। त्यसपछि भने विश्वरामले छोरीलाई अनावश्यक दु:ख दिने गरेको सम्झिन्। उनले त्यसको केही दिनअघि सोही घरको अर्को तलामा बस्ने विश्वरामले मार्ने धम्की दिएका थिए। त्यसपछि सन्तोषीले विश्वरामविरूद्ध किटानी जाहेरी दिएकी हुन्।

उनको जाहेरी दिन सुरूमा प्रहरी मानेको थिएन। जुलुसै लिएर गएपछि महिना दिनपछि मात्र प्रहरीले जाहेरी दर्ता गर्यो‍। त्यसपछि पोष्टमार्टमका लागि शिक्षण (टिचिङ)अस्पताल महाराजगञ्ज लगिएको छोरीको शव फिर्ता ल्याउन उनले मानेकी थिइनन्।

प्रहरीले समेत सहयोग नगरेपछि न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान लिएकी थिइन्। अदालतले भने एक वर्षलामो सुनुवाई पछि विश्वरामलाई नै दोषी ठहर्‍याएको हो।

Source:setopati

Please follow and like us:

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account