घुमाउनेमा पहिरो खस्दा फेरि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

घुमाउनेमा पहिरो खस्दा फेरि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

घुमाउनेमा पहिरो खस्दा फेरि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ।

पहिरो पन्छाउने काम सुरू भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए।

राति परेको वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो। पहिरोले चितवनबाट काठमाडौं र पोखरा जाने तथा काठमाडौं र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरोको जोखिम छ। यसअघि साउन १७ गते पनि सोही ठाउँमा पहिरो खसेर पाँच घण्टा सडक रोकिएको थियो।

Source:setopati

Please follow and like us:

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account