नेयमार सिजन तयारीका लागि चीन यात्रामा

नेयमार सिजन तयारीका लागि चीन यात्रामा

नेयमार सिजन तयारीका लागि चीन यात्रामा

ब्राजिलियन स्टार नेयमार क्लबको नयाँ सिजन तयारीका लागि चीन भ्रमणमा निस्केका छन्।

नेयमार सम्मिलित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफीको लागि खेल्नेछ।

च्याम्पियन्स ट्रफीका लागि नेयमार पनि टिमसँगै हुने भएका हुन्।

विश्वकपपछि छुट्टीमा रहेका नेयमारको लागि फ्रेब्रुवरीपछि शनिबार पहिलो खेल खेल्न लागेका हुन्। यसअघि मार्सेलविरुद्धको खेलमा घाइते भएका नेइमार करिब साढे तीन महिना मैदान बाहिर थिए। हालै रसियामा सकिएको विश्वकपमा उनले ब्राजिलका लागि खेलेका थिए।

विश्वकपमा २ गोलसमेत गरेका उनको टोली क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै घर फर्किएको थियो।

Source:setopati

Please follow and like us:

admin

leave a comment

Create Account



Log In Your Account